समाचार

श्रीमानले तरबार हानेर श्रीमतीको हत्या

८ माघ २०७८, शनिबार १४:४४
श्रीमानले तरबार हानेर श्रीमतीको हत्या

८ माघ, सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकामा एकजना युवकले पत्नीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् ।

 ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहार गरेको तरबारले चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको थियो । लालप्रसादलाई प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्