काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्यालीले भव्य स्वागत गरेको छ।
पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ । प्रहरीले कसैलाई पनि पस्न दिएको छैन ।
उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् । अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्याउन र्याली आयोजना गरिएको छ ।