अर्थ / वाणिज्य

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

२५ फाल्गुन २०८१, आईतवार ११:०९
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेको छ । शुक्रवार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्