समाचार

राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउन आयोगको पत्र

८ माघ २०७८, शनिबार १४:२९
राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउन आयोगको पत्र

८ माघ,काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दू राष्ट्र एवं राज संस्था लगायतका शब्द हटाउन निर्वाचन आयोगले पत्र पठाएको छ।

आयोगले माघ २ गते पठाएको पत्र राप्रपा नेता कमल थापाले शनिबार सार्वजनिक गरेका हुन्। आयोगको पत्रमा भनिएको छ- विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र एवं राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन।

Image

Image

प्रतिक्रिया दिनुहोस्