समाचार

८०७ जनाको परीक्षण गर्दा ७०२ जनामा कोरोना सङ्क्रमण

८ माघ २०७८, शनिबार १४:१९
८०७ जनाको परीक्षण गर्दा ७०२ जनामा कोरोना सङ्क्रमण

विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना देखिएको मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा सात, इलाम र उदयपुरमा तीन–तीन, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्