समाचार

अहिलेसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमण हुनेको संख्या

८ माघ २०७८, शनिबार १०:४२
अहिलेसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमण हुनेको संख्या

८ माघ, कामाडौं। पछिल्लो २४ घण्टा यता कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

साथै १ हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै मुलुकका विभिन्न अस्पतालबाट ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्