काठमाडौँ। दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुने भएको छ । आउँदो अक्टोवर महिनामा हुने नेपाल बुद्व कल्चर फेस्टिभ ६ दिन चल्नेछ ।
बौद्ध धर्मप्रति आस्था राख्ने दक्षिण कोरियाली जिमीन वाङको नेतृत्वमा कोरियामा बुद्व कल्चर फेस्टिभ हुन लागेको हो । लामो समयदेखि बुद्व धर्मको विषयमा चासो राख्दै आएका वाङले नेपाल तथा दक्षिण कोरियमा विविध कार्यहरु गर्दै आएका छन् ।
विश्वका विभिन्न कलाको प्रवद्धन गर्दै आएका वाङले कोरोना समयमा बुद्ध धर्मको विषयमा गहन अध्ययन पश्चात यसलाई विश्वव्यापी बनाउनुपर्ने सोच आएको बताउँछन ।
भगवान गौतम बुद्वको प्रचार प्रसार तथा नेपालको सास्कृतिक पक्षको उजागर गर्न लागिएको नेपाल बुद्व कल्चर फेस्टिभको तयारी तीव्र रुपमा भइरहेको उनी बताउँछन ।