बाजुरा। बाजुराको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
गौमुल गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले जानकारी दिएका छन्।
रोकाया करिब १०० मिटर तल खोँचमा खसेका थिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।