काठमाडौं । अमेरिकामा अवैधानिक रूपमा बसेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं अवतरण गरेको छ ।
अमेरिकामा आधिकारिक कागजातविनै बसेका १० जना नेपालीलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान अवतरण गरेको हो ।
अवैधानिक आप्रवासीलाई निष्कासन गर्ने अमेरिकी नीतिअनुसार उनीहरूलाई नेपाल पठाइएको हो । यससँगै, हालसम्म अमेरिकाबाट नेपाल फर्काइएकाको संख्या ३७ पुगेको छ । यसअघि पनि २७ जना नेपालीलाई अमेरिका सरकारले निष्कासन गरी नेपाल पठाएको थियो ।
नेपालसँगै भारत तथा अन्य देशका अवैधानिक आप्रवासीहरूलाई पनि उनीहरूकै देश फर्काउने प्रक्रिया अमेरिकी सरकारले जारी राखेको छ ।