समाचार

आमा बनिन् प्रियंका चोपडा

८ माघ २०७८, शनिबार ०५:१३
आमा बनिन् प्रियंका चोपडा

काठमाडौं: बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् ।

‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद,’ उनले समाजिक सञ्जालमा लेखेकी छन्।

यसअघि नै प्रियंकाले आफू आमा बन्न चाहेको बताएकी थिइन्। जोनसका तीन दाजुभाइ निक, केभिन र जोको हालै नेटफ्ल्क्सिमा रिलिज भएको नयाँ कार्यक्रम ‘जोनस ब्रोथर्स फ्यामेली रोस्ट’मा उपस्थित भएर प्रियंकाले आफु आमा बन्न लागेको घोषणा गरेकी हुन्।

प्रियंकाले डिसेम्बर २०१८ मा निक जोनससँग विवाह गरेकी थिइन्। उनीहरूले हिन्दू र क्रिस्चियन मान्यता अनुसार विवाह गरेका थिए। दुवैले राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह गरेका हुन्। विवाह समारोह अत्यन्तै निजी हुँदा उनले दिल्ली र मुम्बईमा भव्य रिसेप्सन दिए। निकोलस जेरी जोनास एक अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता हुन्। उनले सात वर्षको उमेरमा अभिनय गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्