काठमाडौं। ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने पाल्पा बगनासकाली गाउँपालिका-१ घर भएकी ३९ वर्षीया कल्पना गैरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा बिहीबार पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई ठगी तथा अपराधिक लाभ कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।