राजनीति

सर्वदलीय बैठकमा आज पनि एमाले नजाने

८ माघ २०७८, शनिबार ०३:२१
सर्वदलीय बैठकमा आज पनि एमाले नजाने

८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शनिबार) सर्वदलीय बैठक बस्ने भएको छ।

चुनावबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने ज्ञवालीको भनाइ छ ।

‘सरकारको समयमै निर्वाचन नगर्ने नियत देखियो’, ज्ञवालीले भने, ‘यो अवस्थामा सर्वदलीय बैठकमा हामी जानुको औचित्य छैन ।

बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा स्थानीय तहकाे निर्वाचन, संसद खुलाउने लगायतका विविध विषयमा छलफल गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले हिजो साँझ विभिन्न दलका नेताहरुसँग छलफल गरेका थिए । त्यसअघि हिजो बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संविधान र कानूनीविद्हरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्