समाचार

१५ कर्मचारीलाई काेराेना संक्रमणपछि जिल्ला प्रशासन कार्यालय सिल

८ माघ २०७८, शनिबार ०३:१२
१५ कर्मचारीलाई काेराेना संक्रमणपछि जिल्ला प्रशासन कार्यालय सिल

८ माघ, धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको हो।

प्रशासनले एक सूचना जारी गर्दै ९ गते (आइतबार) बाट अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको हो। एकजना प्रशासकीय अधिकृतसहित १५ जनामा संक्रमण देखिएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्