समाचार

बालेन भन्छन्: प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला

१६ फाल्गुन २०८१, शुक्रबार २१:४०
बालेन भन्छन्: प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । मेयर शाहले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको समेत उल्लेख गर्नुभएको छ ।

मेयर शाहको असन्तुष्टि महानगरपालीका लामो समय देखी कार्यकारी अधिकृत को व्यवस्थापन हुन नसकेको बिषयमा केन्द्रित रहेको छ । जसका कारण महानगरका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्