१६ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपति क्षेत्रबाट १० थान मोबाइल चोरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
उनीहरूबाट १० वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र गोरखाकै बारपाक गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष ३४ को अभिषेक गुरुङ रहेका छन्।
बालाजु बसन्तनगर गुम्बा नजिक अस्थायी प्रहरी विट गुम्बाबाट गस्तिमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई सोधपुछ तथा चेकजाँचका क्रममा दुवैजना पक्राउ परेका हुन्।
हाल प्रहरी वृत्त गौशालामा रहेका उनीहरूमाथि चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।उनीहरूबाट एउटा कालो झोलामा मोबाइल १० थान र नगद रु ४००० बरामद भएको प्रहरीको भनाई छ।