समाचार

होटेलमा आगलागी हुँदा चार भवन नष्ट

१५ फाल्गुन २०८१, बिहीबार ०९:१०
होटेलमा आगलागी हुँदा चार भवन नष्ट

१५ फागुन, काठमाडौँ। मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्