समाचार

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर

८ माघ २०७८, शनिबार ०२:४२
काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर

८ माघ, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएसँगै शुक्राबार रातिदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जोरबिजोर प्रणाली लागू गरेकाे छ ।

लगातार चार दिनसम्म १० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित फेला परिरहेका छन्। योसँगै  देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।

शुक्रबार राति १२ बजेदेखि लागू भएको जोरबिजोर प्रणाली नीजि तथा सार्वजनिक यातायातमा लागू हुने जनाईएको छ । आजदेखि जोर दिनमा जोर नम्बर प्लेट भएका र बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारी साधान सञ्चालन गर्न पाइने भएको छ ।

तर, औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्