१२ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।
आज (सोमबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्वकांक्षी सपना बाँडेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाएकी हुन् । उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेल सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिन आग्रह समेत गरिन् ।
उनले भनिन्, ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वाकाङ्क्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो ।’