१२ फागुन, काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
बिहीबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
यो मन्त्रिपरिषद्को नियमित बैठक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएका हुन् ।
सरकारले संसद् सञ्चालन हुनुभन्दा अगावै विभिन्न ६ वटा अध्यादेशहरू ल्याएपनि ती अध्यादेशहरू संसद्मा पेश हुन सकेका छैनन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनका पक्षमा बहुमत नजुट्दा सरकारले अध्यादेशहरू पेश गर्न सकेको छैन ।