८ फागुन, काठमाडौँ। भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशेष समारोहमा भारतीय जनता पार्टी (भाजपा)की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीका नवौं मुख्यमन्त्रीको रूपमा सपथ लिएकी छन् ।
५० वर्षीया गुप्ताले बिहीबार दिल्लीको रामलिला मैदानमा ९ औँ मुख्यमन्त्रीको शपथ लिइन्। उनी दिल्लीको चौथो महिला मुख्यमन्त्रीसमेत बनिन्।
यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेका थिए। शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत पुगेका थिए।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्यायलगायत मुख्यमन्त्रीका लागि आकाङ्क्षी रहेका थिए ।
गुप्ता शालिमारबागबाट विजयी हुनुभएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो । यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।