समाचार

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो

८ फाल्गुन २०८१, बिहीबार १०:५३
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो

८ फागुन, काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

गत सोमबारदेखि बढ्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्