समाचार

नागरिक समाजको विरोध

७ माघ २०७८, शुक्रबार १४:२७
नागरिक समाजको विरोध

७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएका छन् ।

सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएको हो ।

नागरिक समाजका तर्फबाट डा केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले हस्ताक्षर गरी सार्वजनिक गरिएको नागरिक अपिलमा त्यस्तो विरोध जनाइएको छ ।

बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भएको अपिलमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्