काठमाडौं। नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ ।
‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनीतिक अधिकार सहितको ट्रेड यूनियन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १२ औं महाधिवेशन सम्पन्न गरेको हो ।
बाह्रौ महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनका महासचिव अधिकारीले जानकारी दिएका छन् ।
मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहितको आवाज उठाएको संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए ।
उनले भने,‘ नेपाल निजामती कर्मचारी संगठनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहित एव अधिकारको अतिरिक्त प्रभावकारी जनसेवा प्रवाह, व्यवस्थित र मर्यादित ट्रेड युनियनको पक्षमा विगत ३४ वर्षदेखि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।’
बाह्रौ महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनका महासचिव अधिकारीले जानकारी दिएका छन् ।
यस्तै, संगठनका नव अध्यक्ष भवानी न्यौपाने दाहालले बहालवाला, सेवा निवृत कर्मचारी र अस्थायी कर्मचारीको ज्यालादारीको विषयमा काम गनुपर्ने बताइन् ।
महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ । जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन् । यही भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ ।