नेपाली चलचित्र

‘लाज शरणम’ प्रचार रोक्ने अदालतको आदेशबारे निर्माता संघले पनि भन्यो यस्तो

७ फाल्गुन २०८१, बुधबार १६:२१
‘लाज शरणम’ प्रचार रोक्ने अदालतको आदेशबारे निर्माता संघले पनि भन्यो यस्तो

काठमाडौं। चलचित्र निर्माता संघले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै चलचित्र ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई राम्ररी झस्काएको समेत बताएको छ ।

चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ’, समाजले अगाडि भनेको छ ‘यसरी बनेको कथाले कुनै व्यक्ति वा समुदायका व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्ने चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति आदी सरकारी निकाय अस्तित्वमा छ ।’  कुनै चलचित्रले व्यक्ति वा समुदायको मान मर्दन गर्छ भने जाँच पास समितिसँग प्रदर्शन रोक्ने अधिकार निहित भएको समेत समाजका अध्यक्ष जानदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्