समाचार

एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण

६ माघ २०७८, बिहीबार ०५:००
एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण

६ माघ, काठमाडौँ। भारतमा एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार परीक्षण गरिएका १६.४१ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो । बुधबार १९ लाख ३५ हजार १ सय ८० नमुना परीक्षण गरिएको थियो । मंगलबार २ लाख ८२ हजार ९ सय ७० जना संक्रमित भएका थिए ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख १७ हजार ५ सय ३२ जना संक्रमित भएका छन् ।

भाइरसको संक्रमणका कारण गत २४ घण्टामा थप ४ सय ९१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्