मुख्य समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यूची

५ फाल्गुन २०८१, सोमबार १०:१६
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यूची

५ फागुन, काठमाडौँ। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यस्तै नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्