sudurpashchim

सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध

४ फाल्गुन २०८१, आईतवार १६:२४
सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध

४ फागुन, धनगढी। सुदूरपश्चिम प्रदेशसभाका चार विषयगत समितिले सभापति पाएका छन् । लामोसमयदेखि रिक्त रहेको सभापति चयनका लागि प्रदेशसभा सचिवालयले शनिबार निर्वाचन प्रक्रिया सुरु गरेको थियो ।

प्रदेशसभा सचिवालयले सभापति पदका लागि शनिवार दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो। उक्त समयसम्म समितिहरूका लागि एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध चयन भएका हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका सांसद धर्मराज पाठक तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी निर्विरोध भएका छन्।

प्रतिक्रिया दिनुहोस्