समाचार

औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

५ माघ २०७८, बुधबार १५:५१
औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

५ माघ, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर देउवाले बजारमा सिटामोललगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्