समाचार

काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द

२ फाल्गुन २०८१, शुक्रबार १०:४५
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द

२ फागुन, काठमाडौँ। काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले राससलाई बताए। उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

प्रतिक्रिया दिनुहोस्