समाचार

कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त

३० माघ २०८१, बुधबार १५:४४
कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त

३० माघ, कालिकोट। कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त भएका छन् ।

ग्रह मन्त्रालयले निर्णय गर्दै उनलाई कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् । यसअघि उनले पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको  जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा भक्तपुर जिल्ला अदालतमा खरिदार भई करिव ४ बर्ष र सुब्बा भई सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय ६ महिना र नेपाल कानून आयोगमा करिब डेढ बर्ष काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्