समाचार

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

५ माघ २०७८, बुधबार १५:०२
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

५ माघ, काठमाडौं । नेपाल आयल निगमले  बढाएको छ ।

पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्