समाचार

अटो दुर्घटनमा हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

३० माघ २०८१, बुधबार ११:२१
अटो दुर्घटनमा हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

३० माघ,रोल्पा। रोल्पामा अटो दुर्घटनमा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

मंगलबार भएको दुर्घटनामा रुन्टीगढी गाउँपालिका वडा नम्बर २ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी वडा नम्बर १ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरू दुबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

दुबै जनाको जिल्ला अस्पताल रोल्पामा् उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्