समाचार

वडाध्यक्षलाई कालोमोसो दलेर जुत्ताको माला !

५ माघ २०७८, बुधबार १४:१३
वडाध्यक्षलाई कालोमोसो दलेर जुत्ताको माला !

जाजरकोट :  छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई विद्यार्थीले कालोमोसो दलेका छन् ।

नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेका अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी दिए ।

वडाध्‍यक्ष केसीले जनविकास माद्यामिक विद्यालयको निर्माण कार्यमा ९ लाख हिनामिना गरेकाे आरोप लगाउँदै कालोमोसो दलेको दाबी विद्यार्थीले गरेका छन् । वडाध्यक्षलाई कालोमोसो दलेपछि जुत्ताको माला लगाइ फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्