मुख्य समाचार

रामहरि खतिवडालाई बोल्न दिएको विषयलाई लिएर संसद्‌मा हंगामा, १५ मिनेटका लागि बैठक स्थगित

२९ माघ २०८१, मंगलवार १५:०६
रामहरि खतिवडालाई बोल्न दिएको विषयलाई लिएर संसद्‌मा हंगामा, १५ मिनेटका लागि बैठक स्थगित

२९ माघ, काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई आकस्मिक र शून्य समय सकिएपछि पनि बोल्न दिएपछि प्रतिपक्षले विरोध गरेको छ ।

प्रतिपक्ष माओवादी केन्द्र र रास्वपाले खतिवडालाई कुन प्रक्रिया अनुसार बोल्न दिइयो भनेर प्रश्न गरेपछि बैठक अवरुद्ध भयो । सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसबारे स्पष्टिकरण दिँदै सभामुख घिमिरेले यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्न सचिवालयलाई आदेश दिइसकेको बताए । सचिवालयले धारणा दिइसकेपछि अगाडि बढ्न सकिने आश्वासन दिएपनि प्रतिपक्षले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्