राजनीति

भौतिक मन्त्रीको कानमा बतास पसोस्, नभए नेताले ढुङ्गा खाने स्थिति बन्यो– गोकुल बास्कोटा

२९ माघ २०८१, मंगलवार १४:४१
भौतिक मन्त्रीको कानमा बतास पसोस्, नभए नेताले ढुङ्गा खाने स्थिति बन्यो– गोकुल बास्कोटा

२९ माघ, काठमाडौँ। सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद् बास्कोटाले चारवटा प्रधानमन्त्री फेरिँदा समेत ४ किलोमिटर सडक बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘चारवटा प्रधानमन्त्री फेरिए, त्यति नै संख्यामा मन्त्री फेरियो सचिवको गणना छैन । ४ किमी सडक खावादेखि धुलिखेलसम्म बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस्, त्यहाँका जनताले यही भन्दिनु भनेका छन्, नभए ढुङ्गा खाने स्थिति बन्यो’ बास्कोटाले भने ।

प्रतिक्रिया दिनुहोस्