२९ माघ, काठमाडौँ। अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।
दुर्घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सीएनएनले दिएको खबरअनुसार अवतरण गर्ने क्रममा एक सानो जेट पार्किङ गरिराखेको अर्काे व्यवसायिक जेटमा ठोक्किएको हो ।
अवतरण गर्न लागेको लिअरजेट ३५ए विमान मोट्ली क्रु गायक भिन्स नीलको स्वामित्वमा रहेको छ । नील भने त्यसमा सवार नरहेको उनका प्रतिनिधि वोरिक रोबिन्सनले बताएका छन् ।
टेक्सासको अस्टिनबाट उडेको विमान दिउँसो करिब २ः४५ बजे स्कट्सडेल विमानस्थलमा अवतरण भएको थियो । ल्याण्डिङ गेयर फेल भएर दुर्घटना भएको विमानस्थलका उड्डयन योजना तथा आउटरिच संयोजक केली कुएस्टरले बताएका छन् ।