समाचार

आज पनि बढ्यो सुनको मूल्य

२९ माघ २०८१, मंगलवार १४:२२
आज पनि बढ्यो सुनको मूल्य

२९ माघ, काठमाडौँ। नेपाली सुनचाँदी बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यससँगै नेपाली बजारमा सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर एक हजार ९४५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्