समाचार

६५ जिल्लामा छानिए एमालेको नयाँ नेतृत्व, को कहाँ ?[सूचीसहित]

५ माघ २०७८, बुधबार ११:०५
६५ जिल्लामा छानिए एमालेको नयाँ नेतृत्व, को कहाँ ?[सूचीसहित]

काठमाडौं: नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट ६५ भौगोलिक र गैरभौगोलिक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६५ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। अधिवेशन उद्घाटन भए पनि आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन सकेको छैन।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछन् भने जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्