अर्थ / वाणिज्य

सेयर बजारमा दोहोरो अंकको गिरावट

२८ माघ २०८१, सोमबार १५:५३
सेयर बजारमा दोहोरो अंकको गिरावट

२८ माघ, काठमाडौं। शेयरबजारमा सोमबार पनि गिरावट आएको छ । सोमबार शेयरबजार मापक परिसूचक नेप्से १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । अघिल्लो सातादेखि घटिरहेको बजार पाँचौ दिन पनि घट्यो ।

अघिल्लो दिन आइतबार पनि नेप्से दोहोरो अंकले घटेको थियो। सो दिन ८ अर्ब बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक घटेसँगै कारोबार कम पनि ओरालो लागेको छ।

आज ३२२ स्क्रिप्सको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँमा खरिदबिक्री भए। दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।

दुई कम्पनीको सेयर १० प्रतिशतले बढ्दा दुई कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। बोटलर्स नेपाल र अपकार लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटयो।

कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड ४४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सीईडीबी होल्डिङ्सको १५ करोडको सेयर कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्