समाचार

एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या

५ माघ २०७८, बुधबार १०:५६
एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या

५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८८ जनाको पीसीआर परीक्षणमा ९५०२ र ५ हजार ३३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५० जनामा कोरोना पुष्टि भएको छ ।

सहि अवधिमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। यस्तै मुलुकका विभिन्न अस्पतालबाट ६३१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्