समाचार

मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे

२७ माघ २०८१, आईतवार १०:३९
मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे

२७ माघ, काठमाडौं। चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ ।

बर्दियाबाट खसीबोका लिएर काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक आइतबार बिहान साढे ६ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार ट्रकमा रहेका १४३ वटा खसीबोकामध्ये १९ वटा च्यापिएर मरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्