समाचार

संक्रमित विद्यार्थी र नभएका विद्यार्थीलाई एकैठाउँमा राखेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज

५ माघ २०७८, बुधबार १०:३०
संक्रमित विद्यार्थी र नभएका विद्यार्थीलाई एकैठाउँमा राखेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज

५ माघ, काठमाडौं । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै  बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेजका विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ । बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्