काठमाडौं। गएको कात्तिक १५ (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १०० दिन मनाएको छ ।
यो फिल्मले अहिलेसम्म सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमानसमेत राखेको छ । निर्माण पक्षले १०० दिनको बक्स अफिस कलेक्सन भने सार्वजनिक गरेको छैन ।
माघको दोस्रो साता फिल्मको ५१ दिनको सफलता मनाउने आयोजित कार्यक्रममा निर्माण पक्षले सुरुवाती ८५ दिनमा घरेलु बजारमा मात्रै ४८ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको जानकारी दिएको थियो । उक्त कार्यक्रममा यस फिल्मको सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी–२’ निर्माण घोषणा पनि गरिएको थियो ।
सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारङ्गी’मा विजयसहित नायिका अञ्जना बराइली, नायक मुकुन भुसाल, गायक तथा कलाकार प्रकाश सपुत र कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् ।