समाचार

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

२४ माघ २०८१, बिहीबार १३:१८
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

२४ माघ,पर्सा। वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बिन्दबासिनी गाउँपालिका-३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

त्यस्तै, शहीदनगर नगरपालिका-३ यदुकुहा बजारबाट स्रोत नखुलेको १ लाख ४७ हजार भारतीय रूपैयाँ सहित सबैला नगरपालिका-११ इनर्बा टोल बस्ने २० वर्षीय चन्द शेखलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तिनकोरीयाबाट यदुकुहातर्फ आउँदै गरेको ज.१२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्