समाचार

आजकाे माैसम : यी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

५ माघ २०७८, बुधबार ०३:१०
आजकाे माैसम : यी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

५ माघ, काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूका पहाडी भू-भागमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

नेपालमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी बुलेटिनअनुसार देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपात हुनेछ।

अहिले बिहान प्रदेश १ र मधेस प्रदेश लगायत पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेकाे छ ।

आज राति देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्