समाचार

सहारा सहकारी ठगीः रविको बयान सकियो, थुनछेक बहस सुरु

२३ माघ २०८१, बुधबार १६:४८
सहारा सहकारी ठगीः रविको बयान सकियो, थुनछेक बहस सुरु

२२ माघ, काठमाडौं। सहारा चितवन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको छ । लामिछानेको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधीवक्ता बुद्धबहादुर थापाले बहस गर्ने गरी वकालतमा नाम लेखाइएको छ ।

बहस जारी रहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्