समाचार

कति थपिए सुदूरपश्चिम कोरोना संक्रमित?

५ माघ २०७८, बुधबार ०२:४९
कति थपिए सुदूरपश्चिम कोरोना संक्रमित?

५ माघ, बैतडी । सुदूरपश्चिम प्रदेशमा थप एक हजार तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सार्वजनिक गरेको विवरण अनुसार माघ १ गतेदेखि मंगलवारसम्म परीक्षण गराउने कुल पाँच हजार सात सय १७ मध्ये एक हजार तीन सय जनामा संक्रमण देखिएको हो ।

सो अवधीमा पीसीआर बिधिबाट परीक्षण गरिएका आठ सय ११ मध्ये चार सय ९३ जना अर्थात् झण्डै ६१ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै सो अवधीमा एन्टिजेन बिधिबाट परीक्षण गरिएका चार हजार नौ सय ६ जनामध्ये एक हजार आठ सय सात अर्थात् १६.४४ प्रतिशतमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवारमात्रै चार सय ८८ जनामा संक्रमण देखिएको छ । पीसीआर बिधिबाट परीक्षण गरिएका तीन सय ९५ जनामध्ये दुई सय ५७ जनामा संक्रमण देखिएको हो । यस्तै मंगलवार एन्टिजेन गरिएका एक हजार एक सय ४१ मध्ये तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्