२२ माघ, काठमाडौँ। नेपाल महिला टी २० अन्तर्राष्ट्रिय त्रिदेशीय शृखलामा नेपालसँगको दोस्रो खेलमा थाइल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।
थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले रचना चौधरीलाई ‘डेब्यु’ गर्न दिएको छ ।आजको खेलमा नेपालले युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ।
नेपाल अहिलेसम्म नेदरल्यान्डसँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको छ। नेपाल पहिलो जितेको खोजीमा हुनेछ। नेपालले यो खेलबाहेक अझै दुवै देशसँग एक/एक खेल खेल्नेछ।