२२ माघ, काठमाडौँ। अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरूङसँग सुन जस्तो देखिने धातुको रीङ १६, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।