२२ माघ, काठमाडौँ। नेपाल टेलिकमको ई-सिम अनलाइनमार्फत नै लिन सकिने भएको छ ।
टेलिकमको २१ औं वार्षिकोत्सवमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले ई-सिम अनलाइनमार्फत लिन सकिने जानकारी दिएकी हुन् ।
‘अहिलेसम्म ग्राहकले ई-सिम लिनका लागि काउन्टरसम्म पुग्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकमको एप र वेबसाइटमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।’
यस प्रविधिमार्फत भाेवाईफाई सपाेर्ट गर्ने र भाेल्टे सेवा सक्रिय भएको जुनसुकै माेबाइलबाट देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै माेबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिनेछ ।
हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजकाे भ्वाइस/एसएमएस स्राेत तथा पे एज यु गाे बराबर सेवा शुल्क लाग्नेछ भने नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ कल नि:शुल्क तथा आउटगाेइङकाे ३ रूपैयाँ प्रति/मिनेट शुल्क लाग्नेछ ।